जेठ ०२, २०८१, बुधबार
               

प्रधानमन्त्री देउवाले बोलाए संसदीय दलको बैठक

नेपाल फ्ल्यास
साउन ०२, २०७८

ADVERTISEMENT

सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

देउवा प्रधानमन्त्री बनेपछि पहिलोपटक कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो । भोलि अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भ छलफल गर्न संसदीय दलको बैठक बोलाइएको भुसालको भनाइ छ  ।

बैठक विश्वासको मत, सरकारको प्रभावकारिता र मन्त्री छनोट लगायतका विषयमा पनि छलफल हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि