जेठ ०८, २०८१, मंगलबार
               

शुभ साइत पारेर बालुवाटार सरे प्रधानमन्त्री देउवा

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा 'प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार' सरेका छन् । 

उनी आज (शुक्रबार) बिहान ९:५७ बजेको शुभ साइत पारेर निजी निवास बूढानीलकण्ठ बाट बालुवाटार सरेका हुन् ।

सर्वाेच्च अदालतले यही असार २८ गते प्रतिनिधि सभा पुनःस्थापनासहित देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सोही फैसलाअनुसार गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा आजदेखि सरकारी निवासमा बस्ने भएका हुन् ।  

आफूले गरेको प्रतिनिधि सभा विघटन सर्वाेच्च अदालतले असंवैधानिक ठहर गरेपछि सत्ताच्युत भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत बुधबार बालुवाटार छाडेर भक्तपुर बालकोटस्थित आफ्नो निजी निवास गएका थिए । 


कस्तो लाग्यो ?

यो पनि