जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने तयारी

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट सरकारी निवास बालुवाटारमा बस्ने भएका छन् ।

गत सोमबार सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेर कांग्रेसका सभापति समेत रहेका देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

मंगलबार उनले प्रधानमन्त्रीको शपथ लिएर पद सम्हालिसकेका छन् । सोही अनुरुप देउवा  देउवा निजी निवास बूढानीलकण्ठबाट आज बालुवाटार सर्ने भएका हुन् सरकारी निवास बालुवाटार सर्ने तयारी गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बालुवाटार छाडिसकेका छन् । त्यसपछि वर्तमान प्रधानमन्त्री देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साइतमा देउवा बालुवाटार सर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यो पनि