जेठ ०५, २०८१, शनिबार
               

आज दिउँसो कांग्रेसको पदाधिकारी बैठक बस्दै

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको स्रोतले जनाएको छ ।

बिहीबार (हिजो) नै बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्तताले आजको लागि सारिएको थियो । बैठकमा महाधिवेशन कार्यतालिका हेरफेरको प्रस्ताव पदाधिकारी र पूर्व पदाधिकारीमा लैजाने तयारी गरिएको बताइएको छ ।

सर्वोच्च अदालतले सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि बैठक स्थगित गरिएको थियो । कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएकोमा कार्यतालिका फेरि हेरफेर गर्न लागिएको बुझिएको छ ।


कस्तो लाग्यो ?

यो पनि