बैशाख २२, २०८१, शनिबार
               

नेपाल, दाहाल र विप्लवबीच भेटवार्ता

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ । विप्लव पार्टीका अर्का नेता धर्मेन्द्र बॅास्तोलालाई लिएर नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको हो । भेटवार्ताका क्रममा नेपाल र विप्लवबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।

त्यही क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पनि नेपाल निवास कोटेश्वर पुगेका छन् । विप्लवले यसअघि बुधबार मात्र प्रचण्डसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा नेताहरुबीच बदलिएको राजनीतिक घटनाक्रम र कम्युनिष्ट एकताका बारेमा छलफल भएको बताइएको छ।

 एमालेकाे अन्तरकलह साम्य नहुने संकेतका माझ एक साथ काेटेश्वर पुगेर विप्लव र प्रचण्डले नयाँ सरकारकाे निरन्तरता र कम्युनिस्ट एकताबारे छलफल गरेका बुझिएकाे छ । 

यो पनि