जेठ ०५, २०८१, शनिबार
               

आज बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक स्थगित

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो बस्ने भनिएको उक्त बैठक (भोलि) शुक्रबारसम्मको लागि स्थगित भएको कार्यलय सचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनका अनुसार सो बैठक भोलि दिउँसो दुई बजे बस्ने छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको पौडेलले जानकारी दिए ।

आज बस्ने उक्त बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी थियो । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि बाँकी मन्त्रीमा क–कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ ।

साथै, पदाधिकारी बैठकमा पार्टीको आशन्न १४ औँ महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे छलफल गर्ने कार्यसूचि थियो । 


कस्तो लाग्यो ?

यो पनि