जेठ ०५, २०८१, शनिबार
               

राष्ट्रिय जनमोर्चाले बाहिरबाटै सरकारको समर्थन गर्ने

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीले सरकारमा नजाने निर्णय गरेको छ ।

(हिजो) बुधबार बसेको सो पार्टीको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनाएको छ ।

बाहिरबाटै देउवा सरकारको समर्थन रहने पार्टीकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट मात्रै रहेको छ । 

सोमबार सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थनपना गरिदिएर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ती गर्न परमादेश जारी गरेको थियो ।  

मंगलबार देउवा प्रधानमन्त्री नियुक्ती भएपछि पद सम्हालेका छन् ।


कस्तो लाग्यो ?

यो पनि