बैशाख २२, २०८१, शनिबार
               

खुमलटारमा विप्लव-प्रचण्डबीच के भयो कुराकानी ?

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न विप्लव बुधबार प्रचण्ड निवास खुमलटार पुगेका थिए । नयाँ सरकार गठनलगत्तै भएको उक्र भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रचण्डसँग छलफल गर्न सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र अन्य दुई केन्द्रीय सदस्यसहित विप्लव खुमलटार पुगेका थिए ।

भेटवार्तामा विप्लवले प्रचण्डसँग पूर्व माओवादी घटकहरुबीच एकता, सहकार्य र साझेदारीको प्रस्ताव गरेको बताइएको छ ।

प्रचण्डको निजी सचिवालयका एक सदस्यले भेटवार्तामा पूर्व माओवादी घटकबीच एकता गरेर अघि बढ्ने विषयमा कुरा भएको जानकारी दिए ।

गत फागुन २१ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लवबीच तीन बुँदे सहमति भएसँगै विप्लव समूह् शान्तिपूर्ण राजनीतिमा आएको छ । 

विप्लव नेतृत्वको नेकपाले ओली सरकारले उक्त तीन बुँदे सहमति पालना नगरेर धोका दिएको बताउँदै आएको छ । विप्लवले नयाँ सरकारले आफूसँगका सहमति कार्यान्वयन गर्नुपर्ने माग समेत प्रचण्डसमक्ष राखेका छन् ।


कस्तो लाग्यो ?

यो पनि