जेठ ०१, २०८१, मंगलबार
               

प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज साँझ नेपाल निवास कोटेश्वर पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा छलफल भएको बताइएको छ। 

विपक्षी गठबन्धनमा सक्रिय एमाले नेता नेपाललाई देउवाले अझै सहकार्य गर्न अनुरोध गरेका छन् । सर्वोच्चको फैसलापछि आफू गठबन्धनमा नरहन सक्ने बताएका नेता नेपाल मंगलबार देउवाको शपथ समारोहमा गएका थिए । यता ओलीले भने अब पार्टीमा माधव नेपालका लागि ठाउँ नभएको बताइसकेका छन्। 


कस्तो लाग्यो ?

यो पनि