बैशाख २१, २०८१, शुक्रबार
               

खुमलटारमा विप्लव र प्रचण्डबीच भेटवार्ता

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न विप्लव खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । 

सरकार परिवर्तन भएलगत्तै भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

विप्लव समूहले केपी ओली सरकारसँग शान्ति प्रक्रियामा आउने सम्झौता गरेका थिए । तर, सो सम्झौत बमोजिम आफ्नो पार्टीका नेता कार्यकर्ता रिहा नभएको गुनासो विप्लव समूहले गर्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि