जेठ ०८, २०८१, मंगलबार
               

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे प्रधानमन्त्री देउवा

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न नेपाल निवास पुगेका छन् । बुधबार अपरान्ह प्रधानमन्त्री देउवा नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।

मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले एमाले विवादमा सरकारका तर्फबाट गर्न सकिने सहजीकरणका लागि नेपालसँग छलफल गरेको बताइएको छ ।

आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सरेका एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई एमालेमा स्वीकार गर्न नकिने बताएका थिए ।

प्रधानमन्त्री देउवालाई पनि विश्वासको मत लिन नेपाल पक्षको आवश्यकता छ ।

यो पनि