बैशाख ०७, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशसभा : विपक्षी दलको अवरोध, सांसदले टेबल फाले

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

पोखरा । बजेट पारित गर्ने क्रममा गण्डकी प्रदेशसभामा एमाले सांसदले बैठकमा अवरोध सिर्जना गरे । उनीहरूको अवरोधकै बीच प्रदेशसभामा बजेट भने पारित भएको छ ।

आज (बुधबार) प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गर्न थाले ।

सांसदहरू उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बजेट पारितको अन्तिम समयमा बैठक सुचारुका लागि सहयोग गर्न भनेका थिए । उनले केहीबेर सभासमेत स्थगित गरे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा बहुवर्षीय योजनाहरूलाई निरन्तरता नदिएको, अघिल्लो सरकारले स्रोत सुनिश्चित गरेर अगाडि बढाएका योजना काटिएको भन्दै एमाले सांसदले टेबल उठाएर बजेटमाथिको छलफलमा अवरोध गरेका थिए ।

बजेटमाथि उठेका प्रश्नको जवाफ मुख्यमन्त्री दिनुपर्ने कार्यसूची रहे पनि सो अनुसार प्रक्रिया अघि नबढेको भन्दै एमाले सांसदले सदनभित्र नारावाजीसमेत गरे ।

सोक्रममा मर्यादापालहरूले भने केही बलसमेत प्रयोग गरेका थिए ।

अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरे । र होहल्लाकै बीच गण्डकी प्रदेश सरकारको बजेट पारित गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि