जेठ ०८, २०८१, मंगलबार
               

देउवा सरकारको पहिलो निर्णय : चैतसम्म सबैलाई खोप, प्रवक्तामा कार्की

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पहिलो मन्त्रीपरिषद वैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रीपरिषद् बैठकले आउँदो असोज महिनाभित्र एक तिहाइ जनसंख्या र चैत भित्र सबै नेपालीलाई खोप लगाउने निर्णय गरेको हो । 

यसैगरी कोरानाविरुद्ध अग्रपंतिमा खटिएकाहरुलाई एक हप्ताभित्र भत्ता उपलब्ध गराउने समेत मन्त्रीपरिषदले निर्णय गरेको छ । 

यसैबीच, नयाँ सरकारमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रवक्ताको जिम्मेवारी पाएका छन् । 

सपथग्रहणपछि सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । 

प्रधानमन्त्री तथा मन्त्रीहरुको शीतलनिवासमा सपथग्रहणपछि सिंहदरबारमा प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेका थिए । 

त्यसपछि पहिलो मन्त्रीपरिषद्को बैठक बसेको थियो । 

यो पनि