बैशाख १७, २०८१, सोमबार
               

गृहमा खाँडसहित चार मन्त्रीले लिए शपथ

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै चार जनालाई मन्त्री बनाएका छन् ।

कांग्रेसका बालकृष्ण खाँडले गृहमन्त्रालय पाएका छन् भने कानुन मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की आएका छन् ।

माओवादी केन्द्रले सरकारमा दुई जनालाई पठाएको छ । जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा पम्फा भुसाललाई उर्जा मन्त्री बनाइएको छ । 

चारैजनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ खाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि