जेठ ०८, २०८१, मंगलबार
               

अन्तत: प्रधानमन्त्रीमा देउवाको शपथ !

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

केही घण्टाको विवाद र बहसपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

देउवा नियुक्तिमा संविधानको धारा उल्लेख नगरिएको भन्दै शपथ ग्रहण अस्वीकार गरेका थिए ।

पछि नियुक्तिको भाषा सच्याएपछि देउवाले शपथ ग्रहण गरेको स्रोतहरूले जनाएका छन् । तर त्यसको औपचारिक जानकारी दिइएको छैन ।

आफू संसदीय दलको नेताको रूपमा नभई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेको भन्दै देउवाले आपत्ति जनाएका थिए ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ति नसच्चिएसम्म शपथ ग्रहण नहुने बताएका थिए । पछि शीतल निवासबाट ग्रिन सिग्नल पाएपछि देउवा शपथका लागि त्यहाँ गएका थिए ।

सो अनुसार बनेको प्रधानमन्त्रीलाई संसद्मा मतदान गर्दा सांसदहरूलाई दलको ह्‍वीप नलाग्ने व्याख्या सर्वोच्चको आफ्नो फैसलामा गरेको छ ।

त्यस्तो प्रधानमन्त्रीले विश्वासको मत नपाएमा अर्कोले सरकार बनाउने मौका नपाउने र प्रतिनिधिसभा विघटन गर्न सकिने विपक्षी गठबन्धनको बुझाइ छ ।

प्रधानमन्त्रीले आजै चार जनालाई मन्त्री बनाएका छन् ।

कांग्रेसका बालकृष्ण खाँडले गृहमन्त्रालय पाएका छन् भने कानुन मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की आएका छन् ।

माओवादी केन्द्रका जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदा पम्फा भुसाललाई ऊर्जा मन्त्री बनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि