नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिले आज संविधानकाे कुनै धारा नटेकी प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरेकाेमा आपत्ति जनाएकाे छ ।
शर्माले नियुक्ती पत्र सच्चिनेको कुरा मात्रै नभइ प्रवृत्ति सच्चिने प्रधान कुरा हाे भन्दै अब थोरै सच्चिएरै सहकार्य गरौं भनी राष्ट्रपतिलाई आग्रह पनि गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- 'सर्वोच्च फैसलाले `सरकार बदल्न´ मात्र होइन, यहाँ `संरक्षकलाई बदलिन´ समेत आदेश दिएको बिषयलाई विनम्रसँग आत्मसात गरौं l '
अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननिय रास्ट्रपतिज्यु l पत्र सच्चिने´को कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 13, 2021
सर्वोच्च फैसलाले `सरकार बदल्न´ मात्र होइन,
यहाँ `संरक्षकलाई बदलिन´ समेत आदेश दिएको बिषयलाई विनम्रसँग आत्मसात गरौं l जय नेपाल l pic.twitter.com/izpI8lFrVN