जेठ ०८, २०८१, मंगलबार
               

नियुक्तिको ब्यहोरामा विवाद, देउवा शीतल निवासमा !

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री नियुक्तिको भाषा र ब्यहोरा नमिलेको भन्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहणमा अन्योल देखिएको छ र

सुरुमा नवनियुक्त प्रधानमन्त्री देउवाले शपथ ग्रहण अस्वीकार गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नै नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी थिइन् ।

संविधानको धारामा नटेकी नियुक्ति गरिएकोमा राष्ट्रपतिको कदमप्रति असहमतिका स्वरहरू सुनिएका थिए ।

बुढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई प्रधानमन्त्री नियुक्ति नसच्चिएसम्म शपथ ग्रहण नहुने बताएका देउवा अहिले भने शीतल निवास गएका छन् ।

स्रोतका अनुसार संविधानको धारा उल्लेख गरेर राष्ट्रपति कार्यालयबाट अर्को विज्ञप्ति जारी गर्ने बचनपछि देउवा शीतल निवास गएका हुन् ।

उनले आफू संसदीय दलको नेताको रूपमा नभई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनेको भन्दै देउवाले आपत्ति जनाएका थिए ।

सो अनुसार बनेको प्रधानमन्त्रीलाई संसद्मा मतदान गर्दा सांसदहरूलाई दलको ह्‍वीप नलाग्ने व्याख्या सर्वोच्चको आफ्नो फैसलामा गरेको छ । 

त्यस्तो प्रधानमन्त्रीले विश्वासको मत नपाएमा अर्कोले सरकार बनाउने मौका नपाउने र प्रतिनिधिसभा विघटन गर्न सकिने विपक्षी गठबन्धनको बुझाइ छ ।

यस्तो छ प्रधानमन्त्री नियुक्तिको विवादास्पद विज्ञप्ति


कस्तो लाग्यो ?

यो पनि