जेठ ०९, २०८१, बुधबार
               

देउवालाई ज्योतिषको भर !

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

शेरबहादुर देउवाकाे ज्योतिषीप्रतिकाे विश्वास झण बढेकाे बताइएकाे छ । यसअघि ज्योतिषले फेरि प्रधानमन्त्री हुने 'ठोकुवा' गरेकाे थियो । आज उनी प्रधानमन्त्रीमा नियुक्ती भएपछि उनकाे विश्वास बढेकाे स्राेतले बताएकाे छ । 

ज्योतिषकै परामर्शमामात्रै वालुवाटार प्रवेश गर्ने तयारी गरेका छन् ।स्रोतका अनुसार प्रधानमन्त्रीको सपथ ग्रहण आज गरे पनि उनले ज्योतिषलाई देखाएर साइतमा मात्र बालुवाटार प्रवेश गर्ने भएका छन् ।

आज सपथग्रहण लगत्तै लैनचौरस्थित सहिद पार्कमा गएर सहिदप्रति श्रद्धाञ्जली दिने कार्यक्रम छ । त्यसपछि देउवाले आजै प्रधानन्त्रीको कार्यालय सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । पदभार ग्रहणपछि उनी आफ्नो निजी निवास बूढानीलकण्ठ जानेछन् । आज उतै बस्नेछन् । 

 


कस्तो लाग्यो ?

यो पनि