सर्वोच्च अदालतले प्रतिनिधसभा विघटन असंवैधानिक ठहर गर्दै दुई दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाको नेतृत्वको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।
फैसलासँग प्रधानमन्त्री ओलीको पद जाने छ भने दुईपटक उनले गरेका विघटन असंवैधानिक ठहरिएका छन् ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।
सर्वोच्च अदालतको पाँच सदस्यीय संवैधानिक इजलासले ७ दिन भित्र प्रतिनिधिसभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ ।
प्रतिनिधिसभा पुन:स्थापनाको माग राख्दै कांग्रेस सभापति देउवासहित १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।