जेठ ०५, २०८१, शनिबार
               

एमाले कार्यदलमा कुरा मिल्यो, १० बुँदे सहमति (पत्रसहित)

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

काठमाडौं । पार्टी एकताका लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदे सहमति गरेको छ ।

बिहान साढे ९ बजेदेखि जारी बैठक केहीबेरअघि सकिएको छ ।

आफूहरुले १० बुँदे सहमति गरेको र केही बेरमा सहमतिका बुँदाहरु सार्वजनिक गर्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए ।

१० बुँदे सहमितमा नेपाल पक्षले राखेका सबै माग पुरा भएका छन् ।

यद्यपि यो सहमति कार्यदलस्तरको मात्रै हो । 

कार्यदलका सदस्यहरुले भोलि बिहान सहमतिपत्र अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाललाई बुझाउनेछन् ।

प्रतिनिधि सभा विघटनबारे...

कार्यदल बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको बारेमा समेत सहमति गरेको छ । सहमतिमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्नेछौँ ।’

सहमतिसँगै २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था तथा एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक काम कारवाहीहरु स्वतः बदर भएका छन् ।

केन्द्रीय कमिटीमा सदस्य थपिने

१० बुँदे सहमतिको एक बुँदामा पार्टीमा महत्त्वपूर्ण योगदान दिएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनित गरिने उल्लेख गरिएको छ । तर त्यसका लागि मौजुदा कमिटीको १० प्रतिशत भने बढ्ने छैन ।

बुँदा नम्बर ५ मा भनिएको छ, 'पार्टीमा महत्वपूर्ण योगदान गर्नुभएका कमरेडहरुलाई मौजुदा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिनेछ ।'

पूर्व माओवादीलाई नेकपामा रहँदा सरहको जिम्मेवारी

नेकपा एमालेमा प्रवेश गरेका केन्द्रीय स्तरका पूर्वमाओवादी नेताहरुलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदासरहको जिम्मेवारी दिइने भएको छ । चौथो बुँदामा भनिएको छ, ‘२०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेका रहने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ ।’

यसअनुसार हाल एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरु साविकको दल नेपाल कम्युनिस्ट पार्टीमा रहँदा स्थायी कमिटीमा रहेका भए एमालेको पनि स्थायी कमिटीमा र नेकपामा रहँदा केन्द्रीय कमिटीमा रहेका भए एमालेको पनि केन्द्रीय कमिटीमै रहने भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि