जेठ ०५, २०८१, शनिबार
               

१३ घण्टासम्म कार्यदलको बैठक, नेपाललाई बाइपास गरेर होला त सहमति ?

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

काठमाडौं । एमालेको विवाद मिलाउने प्रयास स्वरुप सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठक १३ घण्टापछि सकिएको छ । 

बिहान ९ बजेदेखि पार्टीभित्रको विवाद मिलाउन कार्यदलको बैठक बसेकोमा राति १० बजे सकिएको हो । 

कार्यदलको बैठकले तयार पारेको मस्यौदामा एमाले वरिष्ठ नेता माधव नेपालले असहमति जनाएपछि उनलाई नै बाइपास गरेर सहमति गर्ने प्रयासमा कार्यदल लागेको स्रोतले बताएको छ ।  

आज (आइतबार) बिहान माधव नेपाललाई सहमतिमा ल्याउने प्रयासस्वरुप नेपाल पक्षीय नेताहरु सहमतिको मस्यौदा लिएर उनको निवास कोटेश्वर पुगेका थिए ।  तर, नेपालले सहमतिको मस्यौदामा अदालतलाई प्रभावित पार्ने खालको शब्दावली भएको भन्दै  सच्याउन आग्रह गरेका थिए । 

नेता नेपालको अडान

यसैबीच, बरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाअघि केपी ओलीसँग कुनै सम्झौता नहुने प्रष्ट पारेका छन् । आफू निकट केन्द्रीय सदस्य र सांसदहरुसँग आइतबार छलफलका क्रममा नेता नेपालले आफूले पद नखोजेको समेत प्रष्ट पारेका छन् ।

'सर्वोच्चको फैसलाले एकखालको राजनीतिक शक्ति सन्तुलनको स्थिति बनाउँछ । त्यसपछि दुवै पक्षले आफ्नो शक्ति बुझिन्छ र बदलिदो परिस्थितिमा सम्झौता हुनसक्छ', केन्द्रीय सदस्यहरुसँग नेपालले भनेका थिए ।


कस्तो लाग्यो ?

यो पनि