जेठ ०५, २०८१, शनिबार
               

...त्यसअघि एमाले एकीकृत हुँदैन : वामदेव गौतम

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसलापछि मात्रै  एमाले एक हुने बताएका छन् ।

'सर्वोच्च अदालतको फैसलापछि एमाले एकीकृत हुने र त्यसपछि सबैले आ-आफ्नो जिम्मेवारी निर्वाह गर्ने' उनले बताए ।

राष्ट्रियसभाको आज (आइतबार) को बैठकमा सम्बोधन गर्दै गौतमले भने, 'आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ ।'

'सर्वोच्च अदालतको निर्णयपछि पार्टी एकीकृत हुने'मा आफ्नो दृढता रहेको उनले बताए ।

केही दिनअघि पार्टीको केन्द्रीय समिति बैठकमा आफूले भाग लिएको विषयलाई लिएर एउटा समूहले आफूविरुद्ध दु:ख प्रस्ताव पारित गरेको सुनेको उनले बताए ।

अध्यक्ष (केपी शर्मा ओली) ले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर केन्द्रीय समितिको बैठक बोलाएपछि आफू सहभागी भएको उनले प्रष्ट पारे ।

'आफू एमालेको जिम्मेवार व्यक्ति हुँ भनेर जनाउका लागि बैठकमा भाग लिएको' बताउँदै उनले 'दुःख प्रस्ताव पारित भएकोमा आफूलाई दुःखमनाउ नभएको' उल्लेख गरे ।

यो पनि