बैशाख ०८, २०८१, शनिबार
               

समृद्ध प्रदेश सबैको साझा लक्ष्य : पूर्वमुख्यमन्त्री गुरुङ

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले समृद्ध प्रदेश सबैको साझा लक्ष्य भएको बताएका छन् ।

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलद्वारा शनिबारपोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले नेकपा एमाले सत्तापक्ष वा प्रतिपक्ष जुनसूकै अवस्थामा रहेपनि समृद्ध प्रदेशको अभियानमा प्रतिवद्ध रहेको बताए ।

वर्तमान सरकारको गुण र दोषको आधारमा आफूहरुको भूमिका रहने स्पष्ट पार्दै पूर्वमुख्यमन्त्री गुरुङले सरकारका प्रत्येक काम कारवाही सुशासनतर्फ केन्द्रीत हुनुपर्ने तथा नीति र योजनाको कार्यान्वयनमा पारदर्शी एवम् इमान्दरीता हुनुपर्नेमा जोड दिए ।

प्रदेश सरकारले रकमान्तर गरि १६ करोड रुपैयाँको विभिन्न योजनाका नाममा कार्यकर्तालाई वितरण गर्न लागेको आरोप लगाउँदै उनले यो सरकारको आर्थिक अनियमितताको सङ्केत भएको बताए । 

नेकपा एमाले गण्डकी प्रदेश इञ्चार्जसमेत रहेका पूर्वमुख्यमन्त्री गुरुङले रातो किताबमा नै नभएका विभिन्न योजना दश दिनमा सक्ने भन्दै वर्तमान सरकारले रकमान्तर गरेको आरोप लगाए ।

जन अपेक्षा अनुरुप समृद्ध प्रदेश निर्माणका लागि आफू सरकारको नेतृत्वमा हुँदा विभिन्न दीर्घकालीन योजनाहरु सुरु गरिएको बताउँदै यस्ता वहुवर्षीय योजनाहरुले निरन्तरता पाउनुपर्नेमा जोड दिए । 

नेकपा (एमाले) का नेता एवं पूर्वभौतिक पूर्वाधार विकासमन्त्री रामशरण वस्नेतले यसअघिको सरकारले दिगो विकास लक्ष्य प्राप्तिका आधारमा एक अर्ब १० करोड रुपैयाँ बराबरका विभिन्न १० वटा दीर्घकालीन र मध्यकालीन विकास निर्माणका योजना अघि बढाएको जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि