जेठ ०५, २०८१, शनिबार
               

डोटीमा कांग्रेसको चुनावी चहलपहल बढ्यो

नेपाल फ्ल्यास
असार २७, २०७८

ADVERTISEMENT

डोटी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि जिल्लामा चुनावी चहलपहल बढेको छ । जिल्ला सभापतिका लागि आकाङ्क्षीहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरे पनि भित्रभित्रै कसरत भने सुरुवात गरिसकेको जनाइएको छ ।

कसरी समूहमा पर्ने, केन्द्रीय नेताको राय र सल्लाह अनुसार अगाडि बढ्ने भन्दै कसरत सुरु हुन थालेको छ । आगामी साउन १२ गते तोकिएको महाधिवेशनमा सात गाउँपालिका र दुई नगरपालिकासहित ९ स्थानीय तहमा रहेका करीब दुई हजार बढी क्रियासिल सदस्यले सहभागिता जनाउने पाउने कांग्रेस नेता पद्मराज जोशीले जानकारी दिए ।

संघीयताको संरचना अनुसार कांग्रेसले पहिलो पटक महाधिवेशन गर्न लागेकाले यस पटकको महाधिवेशनलाई फरक तरिकाले हेरिएको सो पार्टीका नेता तथा संविधानसभा सदस्य यज्ञराज पाठकले जानकारी दिए ।

उनका अनुसार केन्द्रदेखि जिल्लासम्म सभापति, पदाधिकारीका बारेमा अड्कलवाजी सुरु भइसकेको छ । सभापति पदको उम्मेदवारका लागि वर्तमान सभापति प्रदीपकुमार देउवा, उप–सभापति लक्ष्मणबहादुर सिंह, महासमिति सदस्य भूमिराज वडु, नरेन्द्र सिंह, लोकेन्द्र शाही, दीलबहादुर बम, पूर्वउपसभापति रामप्रसाद उपाध्याय, दीपककुमार विष्ट, क्षेत्रीय सभापति सीताराम जोशी, जिल्ला सदस्य तथा पूर्वक्षेत्रीय सभापति जीतबहादुर खड्का लगायतको नाम निकै चर्चामा छ ।

‘सबै जना अहिले सहमतिकै पक्षमा लागिराखेका छौँ, सामाजिक सञ्जाल हेर्दा त आकांक्षी धेरै देखिएका छन्, पार्टीले बैठक बोलाएको छैन, आगामी साउन १२ गते वडा अधिवेशन, १६ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, २० गते क्षेत्रीय अधिवेशन, २३ गते जिल्ला अधिवेशनको तयारी गरेको छ, बैठक कहिले बस्ने भन्ने छलफल भएको छैन’, पार्टी सभापति देउवाले भने ।

समापत्ति पदका आकाङषीहरुको नाम निकै चर्चामा रहेपनि अन्य पदका उमेदवारको भने खासै नाम सुनिएको छैन् । पूर्वउपसभापति र महासमिति सदस्यसमेत रहिसकेका नेता दीपककुमार विष्टले आफू कांग्रेस नेता सिद्ध ओझाका पालादेखि अहिलेसम्मका सभापतिहरुसँग विभिन्न पदमा बसेर काम गरेको राम्रो अनुभव भएको र उक्त आधारमा मेरो सभापति पदमा दाबी रहने बताए ।

उनले भने, ‘पार्टी सभापतिका लागि सबैले मलाई रुचाएका छन्, साथीहरुको माग बमोजिम मैले उमेदवारी दिने तय गरेको छु ।’ तर अहिले युवाको एक जमात वडा तहदेखि जिल्लासम्म आफ्नो उपस्थिति हुनुपर्नेमा जोड दिइरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि