चैत १६, २०८०, शुक्रबार
               

राप्रपाले राजावादी र हिन्दुवादीलाई एकताबद्ध गर्ने, वार्ता जिम्मेवारी नेता तामाङलाई

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु राष्ट्रको पक्षधरहरूलाई एकताबद्ध बनाउने भएको छ ।

मुलुकभित्र धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा चर्को स्वर सुनिए पनि उनीहरू एउटै झन्डामुनि एकाकार हुन सकिरहेका छैनन् ।

यही मेसोमा राप्रपाको केन्द्रीय विशेष समितिको आजको बैठकले समान विचार भएका समूह तथा व्यक्तिहरूसँग वार्ता गरी उनीहरूलाई एकताबद्ध बनाउन प्रभावशाली नेता बुद्धिमान तामाङलाई जिम्मेवारी दिएको हो । बैठकले नेता पूर्वमन्त्री तामाङको अध्यक्षतामा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिको सदस्यमा जगत गौचन र ऋषिबाबु परियार छन् ।

बैठकले नेता उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । पौडेललाई आर्थिक क्षेत्र सम्बन्धी अन्तर्क्रिया गर्ने जिम्मेवारी पनि दिइएको छ ।

त्यसै गरी बुद्धिजिवीहरूसँग अन्तर्क्रिया गर्न भुवन पाठक संयोजक तथा जयन्तनाथ खनाल र यादवप्रसाद ढुंगाना सदस्य रहेको समिति गठन गरिएको राप्रपाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यो पनि