बैशाख २४, २०८१, सोमबार
               

होटल मेरियटमा ओली-नेपालबीच साढे दुई घण्टा छलफल

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वान टु वान भेटवार्ता सम्पन्न भएको छ ।

नेकपा एमालेभित्र उत्पन्न विवाद समाधान गर्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वान टु वान भेटवार्ता भएको थियो । 

दुबै नेता झण्डै साढे दुई घण्टा राजधानीको होटल मेरियटमा छलफल गरेका थिए । 

छलफलका बारेमा औपचारिकरूपमा केही बताइएको छैन । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।

नेता सुरेन्द्र पाण्डेका अनुसार, 'कार्यदलका सदस्यहरुले अहिलेसम्म भएको छलफलबारे ब्रिफिङ गरेको थियो । र, दुई नेताबीच वान टु वान सम्वाद भएको थियो ।'

वार्ता सकेर निस्किएका वरिष्ठ नेता नेपालले कुनै प्रतिक्रिया दिएनन् ।

एमालेको आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । 

नेपाल खनाल समूह अध्यक्ष ओलीको जुनकुनै प्रलोभनमा नपर्ने बताउँदै आएको छ । ओलीले पार्टी एकताका लागि सर्वोच्च अदालतमा रिट दिने सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका छन् । नेता नेपाल भने हस्ताक्षर फिर्ता नहुने अडानमा कायम छन् ।


कस्तो लाग्यो ?

यो पनि