बैशाख २४, २०८१, सोमबार
               

ओली र नेपालबीच वार्ता हुँदै, आजै सहमतिको संयुक्त वक्तव्य निकाल्ने तयारी

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

नेकपा एमालेभित्र चरमोत्कर्षमा पुगेको विवाद मिलाउन अहिले सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता हुँदैछ ।

कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता हुन लागेको हो । बुधबार एमाले एकता जोगाउन गठित कार्यदलले विवादका विषय टुंगो लगाएको जनाएको थियो।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आजै संयुक्त वक्तव्य निकाल्ने भएका छन्। नक्सालस्थित होटल मेरियटमा वार्तामा जुटेका दुई नेताबीचको हस्ताक्षरसहितको संयुक्त वक्तव्य आजै आउने भएको हो। दुई नेताको हस्ताक्षरमा आजै सहमतिको संयुक्त वक्तव्य निकाल्ने तयारी भएको तथा धेरै सम्भावना रहेकाे ‍एमालेका प्रमुख सचेतक विशाल भट्टराइले नेपाल फ्ल्यासलाई बताए । 


कस्तो लाग्यो ?

यो पनि