बैशाख १२, २०८१, बुधबार
               

माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह आयोगमा

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन पुगेको छ । 

माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा बादल समूहले माओवादी केन्द्र खारेजीको माग गरेको हो । 

९ वर्षदेखि महाधिवेशन नगरेको माओवादीको कमिटीले गरेको कारबाही वैध हुन नसक्ने र माओवादी केन्द्र आफैँमा अवैध रहेको उनीहरूको दाबी छ । 

लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता आयोग पुगेका हुन् ।

'माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो ?' जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र पार्टी खारेजीको माग गर्दै आयोगमा निवेदन दर्ता भएको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले भने 'निर्वाचन आयोगमा माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दर्ता भएको छ । आयोगले त्यसबारे आवश्यक जाँचबुझ गर्छ ।'

सर्वोच्च अदालते २०७७ फागुन २३ गते मा नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी केन्द्रबाट रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु शाह एमालेमा प्रवेश गरेसँगै उनीहरूको सांसद पद गुमेको थियो । मणि थापासहित २३ जना माओवादीबाट एमालेमा प्रवेश गरेका थिए ।

         

यो पनि