बैशाख २३, २०८१, आइतबार
               

बिहान ११ बजे राप्रपाको विशेष समिति बैठक बस्दै

नेपाल फ्ल्यास
असार २३, २०७८

ADVERTISEMENT

काठमाडौं । आज बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विशेष समितिको बैठक बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको सोही पार्टीका नेता मोहन श्रेष्ठले बताए ।

बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीबारे छलफल हुने नेता श्रेष्ठले जानकारी दिए । राप्रपाले आगामी कातिक २७ गतेदेखि ३० सम्म पार्टी महाधिवेशन गर्ने घोषणा गरेको छ । 

उनका अनुसार महाधिवेशन उपसमिति गठन र सक्रिय सदस्यता वितरण योजना बनाइने छ । बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि