बैशाख २३, २०८१, आइतबार
               

सीले भने - 'चीनले कहिल्यै प्रभुत्व स्थापित गर्न खोज्ने छैन'

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय नियमहरु विश्वव्यापी मान्यतामा आधारित हुनुपर्ने बताएका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टी र विभिन्न देशका राजनीतिक दल तथा संगठनहरुको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति तथा पार्टी महासचिव सीले मुलुकहरुबीचको सहकार्य राजनीतिक प्रभुत्व स्थापित गर्न नभई मानव जातिको सेवा गर्नका लागि हुनुपर्ने बताए । 

भर्चुअल रुपमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले कहिल्यै पनि प्रभुत्व स्थापना वा प्रभाव क्षेत्र निर्माण गर्न नखोज्ने बताए ।

सीले भने, ‘चीन सधैँ विकासशील विश्वको सदस्यको रुपमा रहन्छ ।’

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा विश्वका १६० वटा देशको पाँच सय भन्दा बढी राजनीतिक दलको सहभागिता छ । 

सो कार्यक्रममा नेपालका प्रमुख दलका नेताहरु पनि सहभागी छन् । 

कार्यक्रममा राष्ट्रपति सीले मानव जाति फेरि एकपटक शत्रुतापूर्ण मुकाबिला कि आपसी सम्मान, शान्तिपूर्ण सहकार्य कि एक्लोपन छनोट गर्ने विन्दुमा आइपुगेको बताए । ‘छनोट हाम्रो हातमा छ र जिम्मेवारी काँधमा आइपुगेको छ,’ सीले भने । 

उनले विश्वभर गरिबी निवारण गर्न सघाउने चाहना चिनियाँ कम्युनिस्ट पार्टीको रहेको पनि बताए । उनले कोभिड १९ को समाधान गर्नका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि चीनले कुनै कसर बाँकी नराख्ने बताए । 

सम्बोधनको क्रममा राष्ट्रपति सीले कोभिड १९ माथि हुने राजनीति वा भाइरसलाई भौगोलिक नाम दिने कुराको विरोध गर्नु पर्ने पनि बताए । खोपमा रहेको विभेद अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

यो पनि