बैशाख २१, २०८१, शुक्रबार
               

नेता नेपाललाई प्रचण्डको यस्तो आग्रह

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका थिए । जनकपुरको कार्यक्रममा रहेका प्रचण्ड उक्त कार्यक्रम छोट्याएर नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

प्रचण्डले नेता नेपाललाई ओलीसँग नमिल्न आग्रह गरेको स्रोतले जानकारी दिएको छ । एमालेको दुई समूहबीच उत्पन्न विवाद समाधान गर्दै आजै (मंगलबार) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको संयुक्त विज्ञप्ति आउने चर्चा थियो ।

बानेश्वरमा एमाले एकता जोगाउन गठित कार्यदलको बैठक चलिरहँदा नेता नेपालसँग प्रचण्डले कोटेश्वरमा छलफल गरिरहेका थिए । 

प्रचण्डले नेता नेपालसँग आफूलाई एक्लो बनाएर ओलीसँग नमिल्न आग्रह गरेको बताइएको छ । बृहत कम्युनिस्ट एकताको लागि मोर्चा बनाएर अघि बढौँ भन्ने प्रस्ताव प्रचण्डले नेपालसमक्ष राखेको स्रोतले बताएको छ ।

पछिल्लो समय नेता नेपालले सार्वजनिक रूपमै आफूले प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको गठबन्धनलाई धोका नदिने बताउँदै आएका छन् भने नेपाल निकटका दोस्रो तहका नेताहरू पार्टीको आन्तरिक एकता सुदृढ बनाउनका लागि छलफल गरिरहेका छन् ।

यो पनि