बैशाख ०८, २०८१, शनिबार
               

गण्डकी प्रदेश : नीति तथा योजना आयोग सदस्यमा अधिकारी नियुक्त

नेपाल फ्ल्यास
असार २२, २०७८

ADVERTISEMENT

गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन् । अधिकारीलाई आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले सोमबार सपथ गराए ।

आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काको उपस्थितिमा उपाध्यक्ष काफ्लेले सपथ गराएका हुन् । सपथमा मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, मन्त्रालयका सचिव लगायत सहभागी थिए । 

३८ वर्षीय अधिकारीले युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट वातावरण विज्ञानमा विद्यावारिधि गरेका छन् । उनले भारतको बैङ्गलोर युनिभर्सिटीबाट माइक्रो बायोलोजीमा स्नातक गर्नुका साथै युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट एक्सिलेन्ट इन्टरनेसनल स्टुडेन्ट अवार्डसमेत प्राप्त गरेका छन् ।

अधिकारीले जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोबायोलोजी र बायोलोजी विभागमा प्रमुखको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।  


कस्तो लाग्यो ?

यो पनि