जेठ ०४, २०८१, शुक्रबार
               

एमाले कार्यदलको बैठक जारी

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज सुरु भएकाे छ । 

सिंहदरबारमा एमालेको विवाद समाधान कार्यदलको बैठक सुरू भएकाे हाे । ६ बजेका लागि बाेलाइएकाे भए पनि अनौपचारिक छलफलको कारणले केही ढिला बैठक सुरू भएकाे बताइएकाे छ । 

कार्यदलमा ओली तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल सदस्य छन्। नेता नेपालकोे तर्फबाट भीम रावलको संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन्।


कस्तो लाग्यो ?

यो पनि