बैशाख २०, २०८१, बिहीबार
               

प्रतिनिधिसभा विघटनको मुद्दामा आज सर्वोच्चमा बहस सकिँदै

नेपाल फ्ल्यास
असार २१, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा आज सर्वोच्च अदालतमा बहस आज सकिने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ दोस्रो पटक संसद भंग गर्दै चुनाव घोषणा गरेका थिए । गत जेठ ७ गते शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको थियो । तर, राष्ट्रपति विद्यादेवि भण्डारीले त्यसलाई सदर गर्दै राति १ बजे संसद विघटन गर्दै चुनावको घोषणा गरेकी छन् । 

यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए । सर्वोच्च अदालतले ६६ दिन पछि फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।

आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ ।

जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ । रिट निवेदक पक्षको जवाफी बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले बहस गर्ने छन् । 


कस्तो लाग्यो ?

यो पनि