बैशाख २१, २०८१, शुक्रबार
               

सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छ : प्रवक्ता शर्मा

नेपाल फ्ल्यास
असार २०, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताएका छन् ।

आइतबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानको पुनर्जीवन दिने कुराको अपेक्षा गर्नुपर्ने बताए ।

उनले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधिशहरूको हातमा रहेको बताए । 

उनले महामारीबाट नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको रहेको पनि बताए ।नागरिकको जीवनलाई रक्षा नगर्ने हो भने त्यो लोकतन्त्र हुन नसक्ने प्रवक्ता शर्माले बताए ।

उनले भने-‘न्यायको फैसला गरिदै गर्दा संविधानको चिसा अक्षरहरूलाई मात्रै होइन । त्यसले समाजलाई पार्ने दुरगामी प्रभावलाई पनि केन्द्रमा राखिन्छ । त्यो राख्ने कर्तव्य अहिले पनि सम्मानित संवैधानिक इजलासका सम्मानित इजलासका सम्मानित न्यायमूर्तिहरुको छ । त्यसैले हामीले अपेक्षा गर्ने भनेको यो बेलामा न्यायमुर्तिहरुबाट मुलुकको संविधानको पुर्नजिवनको अपेक्षा गर्ने हो । संविधानको संरक्षक बाट संविधानको रक्षा, महामारीबाट जनताको रक्षा । महामारीबाट रक्षा अदालतले गर्दैन । राज्य, सरकारले नै गर्छ । तर सरकारले गरिरहदै गर्दा त्यो सरकारले गर्छ, जुन सरकारको प्रधान विषय राजनीतिक मुद्दा भन्दा पर नागरिकको जीवनको रक्षा गर्ने हुन्छ । नागरिकको जीवनलाई रक्षामा नराखेर कसैले यदी अन्य सबै तमाम कुराहरुलाई केन्द्रमा राख्यो भने त्यो डेमोक्रेसी हुँदैन ।’

प्रवक्ता शर्माले लोकतन्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने पनि बताए । उनले विद्यार्थी आन्दोलनले समानता र सामाजिक रुपान्तरणको मुद्दामा केन्द्रीत हुनुपर्ने आवश्यकता रहेको पनि औँल्याए । उनले भने – ‘लोकतन्त्रका लागि लोकतान्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्छ । विद्यार्थीहरु बेरोजगारको पीडालाई सम्बोधन गर्ने भनेर जादैँ गर्दा उनीहरु भित्र समानताको समाजका लागि सामाजिक रुपान्तरणको मुद्दा विद्यार्थी आन्दोलनको मुद्दा बन्नुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि