बैशाख १७, २०८१, सोमबार
               

एमालेमा महेश बस्नेतले उठाए धर्म निरपेक्षताबारे बहसको मुद्दा

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

सत्तासीन नेकपा एमालेको केन्द्रीय समिति बैठकमै धर्मनिरपेक्ष राष्ट्रबारे बहस गर्न प्रस्ताव उठेको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिएका नेता महेश बस्नेतले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएकोबारे बहस गर्न माग गरेका हुन् ।

नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न माग उठिरहेको बेला नेता बस्नेतले यस्तो मुद्दा अघि सारेका हुन् । जारी केन्द्रीय समितिमा उनले राखेको आठ बुँदे प्रस्तावको दोस्रो बुँदमा धर्मनिरपेक्षबारे बहस गर्न भनिएको छ ।

बस्नेतको प्रस्तावमा हिन्दु राष्ट्र हुनुपर्ने भनेर स्पष्ट नभनिए पनि धर्मनिरपेक्षबारे पुनरावलोकन गर्नुपर्ने आशय देखिएको छ । बस्नेतले एउटा बुँदामा नेपालको विशिष्ट पहिचान घोषणा गर्न पनि प्रस्ताव गरेका छन् । उनले घुमाउरो भाषामा हिन्दुराष्ट्रको पहिचान भन्न खोजेका छन् ।

सत्तासीन दलको बैठकमा अध्यक्ष निकट नेताबाट यस्तो प्रस्ताव पेस हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समयमा प्रधानमन्त्री ओली पूर्वीय दर्शन र हिन्दु राष्ट्रप्रति सकारात्मक रहेको टिप्पणी भइरहँदा बस्नेतले यस्तो प्रस्ताव गरेका हुन् ।

नेता बस्नेत नागरिकले बोझिलो मानिरहेको संघीयताबारे पनि समीक्षा गर्न प्रस्ताव गरेका छन् । उनको प्रस्तावको चौथो बुँदामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ । 

त्यसैगरी एउटा व्यक्ति दुई कार्यकालमात्र प्रधानमन्त्री बन्न सक्ने मान्यतासमेत उनले अघि सारेका छन् । पार्टी अध्यक्ष दुई कार्यकाल तथा पदाधिकारीको ३ कार्यकाल रहने पनि उनको प्रस्तावमा  छ ।

पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाको ४० प्रतिशत हुनुपर्ने मान्यतासमेत उनले राखेका छन् ।

यो पनि