जेठ ०५, २०८१, शनिबार
               

देउवाले आफूनिकट नेतालाई दिए महाधिवेशनको तयारीमा जुट्न निर्देशन

नेपाल फ्ल्यास
असार १९, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा आफूपक्षीय शीर्ष नेताहरुसँग छलफल गरेका छन् । शनिबार बिहान देउवा आफूनिकट क्रियाशील छानविन समितिका सदस्य र शीर्ष नेतासँग छलफल गरेका हुन् ।

छलफलमा उपसभापतिद्वय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद लगायतको सहभागिता थियो । यस्तै छानविन समिति संयोजक रमेश लेखकसहित सदस्यहरु आनन्द ढुंगाना, श्याम घिमिरे र योगेन्द्र चौधरी पनि छलफलमा सहभागी थिए ।

 शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले क्रियाशील सदस्यमा देखिएको विवाद समाधानका लागि सहमति जुटाएपछि देउवाले  आफूपक्षीय छानविन समितिका सदस्यसहितको छलफल राखेका हुन् ।  

छलफल छानविन समितिका सदस्यहरुले सम्बन्धित क्षेत्रको क्रियाशील सदस्यताका देखिएको समस्याबारे बिफ्रिङ गरेका थिए । करिब ५ सय वडामा क्रियाशील सदस्यता सम्बन्धी समस्या राखेको संयोजक लेखकले बताएका थिए । त्यसमा पनि करिब ३ सय वडाको समस्या समाधन गर्न गाह्रो रहेको लेखकको भनाइ थियो ।

त्यसमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यतालाई कायम राखेर भए पनि अगाडि बढ्दा राम्रो हुने लेखकले बताए । यस्तै, छलफलमा नेताहरुले पनि आफ्नो क्षेत्रमा देखिएको समस्या सुनाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि