जेठ ०८, २०८१, मंगलबार
               

ओलीले फोन गरेरै बोलाए पनि नेता नेपाल बैठक आएनन्, छुट्टाछुट्टै वार्ताको पहल

नेपाल फ्ल्यास
असार १८, २०७८

ADVERTISEMENT

‘एकताको केन्द्रीय समिति बैठक’ भनिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक केही बेरपछि सुरु हुँदै छ  । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजे बैठक सुरु हुने भनिए पनि बैठकमा नेताहरू आउने क्रम जारी छ । यसलाई एमालेको संस्थापन पक्षले एकताको केन्द्रीय समिति बैठक भने पनि असन्तुष्ट पक्ष  माधवकुमार नेपाल र झलनाथ खनाल समूह सहभागी नहुने बताएको छ ।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा नेपाल र खनाल समूह नजाने बिहीबारको स्थायी कमिटी बैठकले निर्णय गरेको थियो । सोही अनुसार नेपाल–खनाल पक्षका नेताहरू बैठकमा नआएका बताइएको छ । केन्द्रीय सदस्य विशाल भट्टराई भने ‘पार्टीमा असन्तुष्ट कमरेडहरूको विचार गुनासो सम्बोधन गर्नकै लागि यो बैठक बोलाइएको हो, हामी उहाँहरूलाई कुर्दै छौ ।’

नेपाललाई ओलीको फोन

नेपाल पक्ष बैठकमा नआएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई फोन गरेरै बोलाएका छन् । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले भने ‘फोन संवादमा अध्यक्ष कमरेडले बैठकमा आउन नेता नेपाल कमरेडलाई आग्रह गर्नुभएको छ, केन्द्रीय कमिटी बैठक अघि एक्ला एक्लै भेटवार्ताको तयारी छ ।’ 

ओलीले नेता नेपाललाई आफूलाई चित्त नबुझेको कुरा बैठकमै आएर राख्न  आग्रह गरेको तामाङले बताए । ओली–नेपालबिच संवाद भए पनि नेपाल बैठकमा सहभागी हुन सकारात्मक नभएको नेताहरू बताउँछन् । तर बैठकमा सहभागी गराउन सबै खालका प्रयास भइरहेको बताइएको छ । ओली र नेपालबिच बालुवाटारको बैठक अघि वार्ता गराउन पहल भइरहेको दोस्रो तहका नेताहरू बताउँछन् ।

केन्द्रीय कमिटी बैठकमा पार्टी असन्तुष्ट अर्को पक्ष उपाध्यक्ष बामदेव गौतम भने  सहभागी हुने भएका छन् । अध्यक्ष केपी शर्मा ओली २ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएकाले बैठकमा सहभागी बालुवाटार गएको उनको सचिवालयले जनाएको छ ।

साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले छुट्टै अभियान चलाउँदै आएका छन् । तर अध्यक्ष ओली एमालेकै पार्टी संरचना मान्न तयार भएको भन्दै गौतम बैठकमा सहभागी हुने भएका हुन् । केन्द्रीय कार्यालय सचिव तामाङका अनुसार सबैलाई नवौँ महाधिवेशनबाट निर्वाचित पदीय हैसियत सम्बोधन गरेर पत्र पठाइएको छ ।

यो पनि