जेठ ०५, २०८१, शनिबार
               

कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दै

नेपाल फ्ल्यास
असार १८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक (शुक्रबार) आज बस्ने भएको छ । आवश्यक तयारी नपुगेको जनाउँदै बिहीबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । 

कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी मापदण्डबारे शीर्ष तहमा सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ । कांग्रेस मुख्यचिव कृष्णप्रसाद पौडेलले आज अपराह्न २ बजे बस्ने बैठकले क्रियाशील सदस्यता सम्बन्धी विषयको टुङ्गो लगाउने जानकारी दिए ।

बैठकका बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीहरुलाई बोलाइएको छ । 

छानबिन समितिका अनुसार पार्टीमा हालसम्म आठ लाख ३० हजारभन्दा बढी सदस्यता प्रवेश भएको छ । कांग्रेसमा १४औँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ । पार्टीले क्रियाशील सदस्यता छानविन गर्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि