काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्रतिनिधिसभाको अधिकार अपहरण भएको बताएका छन् ।
मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप लागेर नबस्ने बताए ।
अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।