जेठ ०६, २०८१, आइतबार
               

कृषि क्षेत्रलाई सरकारले तहसनहस बनायो : वामदेव गौतम

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका नेता तथा उपाध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पारेको बताएका छन् ।

आज असार १५ गते धान दिवसको अवसरमा शुभकामना दिँदै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक भएको बताएका छन् । सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको प्राथमिक उत्पादनको क्षेत्रमा प्रवेश गराउनका लागि वैदेशिक लगानी व्यवस्था ऐनको अनुसूची संशोधन गरेर अनुकूल गरेर किसानलाई बेरोजगार र घरबारविहीन बनाउन लागेको आरोप लगाएका छन् ।

‘हामीले पहिल्यैदेखि भन्दै आएका हौँ, नेपालको कृषि क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई प्रवेश गर्न दिइनु हुँदैन, यदि त्यसो गरियो भने नेपाली किसान जनताका हक, अधिकार र समृद्धिका सम्पूर्ण योजना भताभुङ्ग हुन्छन्,’ उनले विज्ञप्तीमा उल्लेख गरेका छन् । 

नेता गौतमले आफूहरूले धेरै वर्षअघिदेखि भूमि बैंकको बिरोध गर्दै आएको बताए । उनले उल्लेख गरेका छन्, ‘भूमि बैंक भनेको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषहरूले अगाडि सारेका एजेण्डा हुन्, इण्डोनेशिया र फिलिपिन्समा पूर्णतः असफल भइसकेको यो कार्यक्रम अहिले हाम्रो देशमा ल्याउने काम वर्तमान सरकारबाट भएको छ ।’


कस्तो लाग्यो ?

यो पनि