जेठ ०६, २०८१, आइतबार
               

आज बुद्धिजीवीसँग छलफल गर्दै विपक्षी गठबन्धनका शीर्ष नेताहरु

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताले बुद्धिजीविहरुसँग छलफल गर्ने भएका छन् ।

गठबन्धनका नेताहरुले आज दिउँसो २ बजे संघीय संसदको ल्होत्से हलमा युग पाठक, सरिता तिवारी, लोकराज बराल, उज्जवल प्रसाई, गेजा शर्मा वाग्ले, हरि रोक्कालगायत बुद्धिजीवीसँग छलफल गर्दैछन् ।

उनीहरुले डाक्टर, इन्जिनियर, प्रोफेसर र वरिष्ठ अधिवक्ताहरू ५० जना भन्दा बढीसँग छलफल गर्न लागेको बताइएको छ ।

छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका नेताको सहभागिता रहनेछ ।

यसअघि, विपक्षी गठबन्धनले सम्पादकहरुसँग छलफल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि