जेठ ०८, २०८१, मंगलबार
               

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै

नेपाल फ्ल्यास
असार १३, २०७८

ADVERTISEMENT

कांग्रेस सभापति शेरबहादुर देउवाले आज आइतबार अपरान्ह पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । बैठकमा क्रियाशील सदस्यताको विवाद समाधान गर्ने सम्बन्धमा छलफल हुनेछ । 

बुढानिलकण्ठस्थित देउवा निवासमा दिउँसो २ बजे बैठक बस्दै छ । क्रियाशील सदस्यता छानविन समितिले सदस्यता छानविनका क्रममा देखा परेका समस्या सुल्झाउन मापदण्ड तयार पारिसकेको छ । पदाधिकारी बैठकले सो मापदण्डलाई अन्तिम रुप दिनेछ ।

१४ औँ महाधिवेशनका लागि ८ लाख भन्दा बढी क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छ । त्यसमा उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो । २५ भन्दा बढी जिल्लाबाट धेरै नै विवादित उजुरी परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि