जेठ ०८, २०८१, मंगलबार
               

राष्ट्रपति प्रधानमन्त्रीको कार्यकर्ताजस्तै : देउवा

नेपाल फ्ल्यास
असार १२, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति तथा विपक्षी गठबन्धनका नेता शेरवहादुर देउवाले राष्ट्रपतिले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् ।

उनले शनिबार पत्रकारहरूसँग भने- ‘मैले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी बुझाएँ । उहाँको आह्वान अनुरुप सबै प्रक्रिया पुर्‍याएर दाबी प्रस्तुत गरेपछि त प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा उल्टै प्रतिनिधि सभा विघटन गरिदिनुभयो,’ देउवाले थपे, ‘जुन कार्यका कारण प्रधानमन्त्रीसँग भन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुःख लागेको छ ।’

पत्रकारसँग शनिबारको अन्तरक्रियामा बोल्दै देउवाले आफूले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी गर्दा कुनै समस्या परेको भए राष्ट्रपतिले सनाखत गर्नुपर्ने बताए ।

यो पनि