जेठ ०७, २०८१, सोमबार
               

सर्वोच्चमा आजदेखि प्रतिनिधिसभा विघटनको मुद्दामा निरन्तर सुनुवाइ हुने

नेपाल फ्ल्यास
असार ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने हुने भएको छ । 

उक्त सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बनेको छ । 

सोही इजलासले गत जेठ २६ गते सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको थियो । संसद विघटन गर्नुको कारण  ७ दिनभित्र लिखित रुपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो ।

सोही आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाले पनि लिखित जवाफ बुझाइसकेका छन् । संवैधानिक इजलासले अदालतको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहनेगरी एमिकसक्युरी मागेको थियो सोही अनुसार दुवैले दुई–दुई सहयोगी पठाइसकेका छन् ।

असार एक गते इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी  चयन भएका हुन् । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले दुई र दुई जना जना वरिष्ठ अधिवक्ता एमिकस क्युरी चयन गरेको हो । नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीको रुपमा चयन गरेको छ ।  


कस्तो लाग्यो ?

यो पनि