जेठ ०८, २०८१, मंगलबार
               

भ्याकेटमा जाने निर्णयले पार्टी एकता भंग गर्ने खोजिएको प्रस्ट हुन्छ : नेता नेपाल

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता भंग गर्न खोजेकाे आरोप लगाएका छन । 

कर्णाली प्रदेशका सांसदमाथि गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि त्यसविरुद्ध ओलीपक्षकाे भ्याकेटमा जाने निर्णय आएपछि उक्त निर्णयले एकता भंग गर्ने दिशामा लैजाने र त्यही नियत रहेकाे नेपालको भनाइ छ ।

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गरेर एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध ओली लागेको नेपालको भनाइ छ । त्यस्ता एकता विरोधी तत्वहरूसँग सावधान हुन पनि नेपालले ध्यानाकर्षण गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि