जेठ ०६, २०८१, आइतबार
               

एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि माओवादीबाट निष्कासित

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

काठमाडौैैं । नेकपा माओवादी केन्द्रले पार्टी त्यागेर एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिहरूलाई कारबाही गरेको छ ।

नेकपा माओवादी केन्द्रको सोमबार बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो ।

निष्कासन गरिएको पत्र आजै निर्वाचन आयोगलाई बुझाउने माओवादी केन्द्रले जनाएको छ ।

यी हुन् निष्कासनमा पर्ने नेताहरू

रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह

रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा

देवाहीगोनाही नगरपालिका उपप्रमुख परिनया देवी

मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल

फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी

माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह

यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह

यस्तै सिरहाको लहान नगरपालिकाको कार्यपालिका सदस्य समतीलाल दास ताती

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ का वडाअध्यक्ष सुरेश कुमार थापा

महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फरुक

कैलालीको भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा

कैलालीकै गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागिरथी विष्ट

गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट 

बर्दगोरिया नगरपालिका– ४ का वडाध्यक्ष पुरन बिसी


कस्तो लाग्यो ?

यो पनि