काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सातै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसँग छलफल गरेका छन् ।
मनसुन सुरु भएसँगै सुरु भएको विपद्को विषयमा छलफल केन्द्रित रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।
उनका अनुसार छलफलमा मुलुकको शान्ति सुरक्षाको स्थिति, कोभिड-१९ संकटको व्यवस्थापन तथा नियन्त्रणको विषयमा पनि कुराकानी हुनेछ ।
प्रदेशका एक मन्त्रीले बताएअनुसार छलफलमा प्रहरी समायोजनको काम छिट्टै सक्न पनि गृहमन्त्री अधिकारीलाई सुझाव दिइएको छ । साथै, संघीय प्रहरी ऐन चाँडो ल्याउन पनि भनिएको छ ।