काठमाडौं । राप्रपाले हिजो बनाएको केन्द्रीय विशेष समिति र निर्देशन समितिप्रति तीव्र असन्तुष्टि देखिएको छ ।
खासगरी नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल सम्सेर राणालाई केन्द्रीय विशेष समितिमा सहभागी नगराएपछि असन्तुष्टि चुलिएको हो ।
राप्रपा र राप्रपा संयुक्तको एकीकरणपछि दुवैतर्फको प्रतिनिधित्व रहने गरी ती दुई समिति बनाइएको थियो । अध्यक्षद्वय पशुपति सम्सेर राणा र डा. प्रकाशचन्द्र लोहनीको पूर्वराप्रपा संयुक्ततर्फ खासै असन्तुष्टि देखिए देखिएको छैन । त्यसतर्फ दुर्गा श्रेष्ठ, जगत गौचन र राजाराज श्रेष्ठले विशेष समितिमा नपरेकोमा सामान्य असन्तुष्टि देखाए पनि अध्यक्ष कमल थापाको पुरानो घरतर्फ 'मेलम्चीको बाढीपहिरो' सरहको अवस्था भएको छ ।
थापा नेतृत्वको पूर्वराप्रपातर्फ भने नेता धवलबाहेक पाका नेता बालाराम घर्तीमगर विशेष समितिमा परेका छैनन् । पूर्वमन्त्री एवं नेता टंक ढकाल पनि किनारा लागेका छन् । शरदचन्द्र शाहको निधनपछि थापा र ढकालको मिलनबिन्दु तोडिएको चर्चा राप्रपाजनमा हुने गर्दछ ।
समिति बनाउनुअघिको छलफलमा धवल र बालारामको नाम रहे पनि अन्तिम समयमा अध्यक्ष थापाले उनीहरूको नाम काटेको राप्रपा स्रोतको भनाइ छ । पार्टीको आन्तरिक समीकरण र शक्ति संघर्षको खेलमा ती दुई जनाको नाम काटेपछि केन्द्रीय सदस्य भुवन पाठक र नीलकण्ठ काफ्लेलाई चिट्ठा परेको छ ।
नेता धवललाई नछुटाउन पुरानो राप्रपा संयुक्त पक्षधरका नेताहरूले पनि आग्रह गरेका थिए । धवललाई थप्ने भए आफ्नो पक्षलाई त्यसबापतको भाग दिनुनपर्ने भनेर पुरानो राप्रपा संयुक्ततर्फबाट स्पष्ट पार्दा पनि त्यसका लागि थापा राजी नभएको एक उच्च नेताले नेपाल फ्ल्यासलाई जानकारी दिए ।
नेता धवलले आगामी महाधिवेशनमा नेतृत्वको दाबी गरिसकेका छन् । पछिल्लो केही समययता थापासँग दूरी बढ्दै गएकोमा धवलको नेतृत्व दाबीसँगै थापा उनीसँग चिढिएका हुन् ।
निर्णयसँगै विघटित प्रतिनिधिसभाका एकमात्र सदस्य राजेन्द्र लिङ्देन पनि असन्तुष्ट रहेका छन् । तर पनि उनले अझै मुख खोलेका छैनन् । यतिसम्मकि जेठ १५ गते भएको पार्टी स्थापना दिवसमा गरिएको भर्चुअल बैठकमा सामेल नगराइए पनि लिङ्देन 'पर्ख र हेर'को रणनीतिमै छन् ।
पछिल्ला दिनहरूमा अध्यक्ष थापालाई नेता दीपक बोहराले साथ दिइरहेका छन् । पूर्वमन्त्री विक्रम पाण्डे मौन छन् भने प्रभावशाली नेता बुद्धिमान तामाङले पनि घुमाउरो शैलीमा असन्तुष्टि व्यक्त गर्दै पार्टी कार्यकर्ताको भावना र एकतामा जोड दिएका छन् ।
लामो छलफलपछि राप्रपाको केन्द्रीय निर्देशन समिति र केन्द्रीय विशेष समिति शुक्रबार गठन गरिएको थियो ।
पार्टी एकता सम्बन्धी आधारपत्र अनुसार तीन जना अध्यक्ष पशुपति सम्सेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको बैठकले त्यो समिति गठन गरेको थियो ।
दुवै समितिमा तीनै जना अध्यक्षको रूपमा रहेका छन् । दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पदेन सदस्य रहका छन् ।
समितिले पार्टीको वैचारिक, सांगठनिक र अन्य महत्त्वपूर्ण विषयमा पार्टीलाई मार्गनिर्देशन गर्ने भनिएको छ ।
कोरोना महामारीका कारण महाधिवेशन हुन नसक्दा पछिल्लोपटक राप्रपा नेतृत्व तहमा विवाद देखिन थालेको थियो । अध्यक्ष थापाले सहकर्मी दुई अध्यक्षको कार्यशैलीप्रति सामाजिक सञ्जालमै असन्तुष्टि पोखेपछि कार्यकर्तामा आशंका र अन्योल पैदा भएको थियो ।
विवादबारे प्रतिक्रिया लिन खोज्दा राप्रपाका एक दर्जन नेताले बोल्न मानेनन् । केहीले आफ्नो भनाइ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेको बताए ।
सामाजिक सञ्जालमा विवाद छताछुल्ल
केही दिनअघि अध्यक्ष थापाले पार्टीले गति लिन नसकेको दोष दुई अध्यक्षलाई दिँदै ट्वीट गरेका थिए ।
त्यसलगत्तै पार्टीभित्र भाइरसहरू भएको अर्को ट्वीट पनि उनले गरेका थिए । पछिल्लो ट्वीटलाई धवल र राजेन्द्रलगायतको दोस्रो पुस्तासँग जोडेर थापाले भनेको अर्थमा धेरैले बुझेका थिए ।
विशेष समितिमा नेता धवललाई नराखेकोमा नेपालभित्रै र बाहिर रहेका राप्रपाका शुभेच्छुकहरूले आलोचना गरेका छन् ।
बारम्बार जनता र कार्यकर्ताबाट जित्ने जन निर्बाचित मान्छे भाग बण्डामा पर्नु भएन तर गत चुनाबमा ५०० भोट न आउने न जनताबाट निर्बाचित न कार्यकर्ता ले चुनेका यस्तो मान्छे भागबण्डामा पर्नु वास्तब मै दुखद । । pic.twitter.com/prCpJGVcoX
— Niranjan Thapa (@Niranja81543381) June 19, 2021
जनता र कार्यकर्ताले नयाँ पुस्ताको सक्षम र जनाधार भएको नेतृत्वकोलागि आवाज उठाउदै गर्दा @RajendraLingden जस्ता नेताको कुरा नसुन्ने@ShumshereDhawal जस्तालाई बाइपास गर्न खोज्नु कार्यकर्तालाई किमार्थ सुइकार्य छैन।"voice of mass is louder in democracy"@KTnepal @PashupatiShams @PCLohani pic.twitter.com/gK3vT4njrw
— Pratik Bhandari (रास्ट्रवादी) 🇳🇵🇳🇵🇳🇵 (@PratikB61050794) June 19, 2021
जनता र कार्यकर्ताले नयाँ पुस्ताको सक्षम र जनाधार भएको नेतृत्वकोलागि आवाज उठाउदै गर्दा @RajendraLingden जस्ता नेताको कुरा नसुन्ने@ShumshereDhawal जस्तालाई बाइपास गर्न खोज्नु कार्यकर्तालाई किमार्थ सुइकार्य छैन।"voice of mass is louder in democracy"@KTnepal @PashupatiShams @PCLohani pic.twitter.com/gK3vT4njrw
— Pratik Bhandari (रास्ट्रवादी) 🇳🇵🇳🇵🇳🇵 (@PratikB61050794) June 19, 2021
वडा सदस्यका उमेद्वार बन्ने आँट नगर्नेहरु पार्टिको विशेष समितिमा छन् ,शंकटको घडिमा पार्टिको ईज्जत धानेका पुर्व महामन्त्रि डा.धवल शम्शेर राणा @ShumshereDhawal नअटाइएको कुनै पनि समीति कार्यकर्तालाई मान्य छैन।अहंकारि प्रबृतिको बिरोध गरौं।जो कोहि को हिसाब छिट्टै चुक्ता हुनेछ @KTnepal https://t.co/BqSabE6v6H
— आशिष Sharapova (@imtiwaree) June 19, 2021
दौडने घोडाको सवारमा यस्ता एक सारथि अटेनन जो नेपाल कै एकमात्र लोकप्रिय मेयर थिए हक्की स्वभावका जनप्रेमी नेतालाई अध्यक्षको दावी संगै छाँयामा पार्न खोज्ने यस्ता षड्यन्त्र र क्रियाकलापले राप्रपा बैकल्पिक प्रजातान्त्रिक शक्ति कसरी बन्छ? भन्ने प्रश्न खडा भएकोछ। हत्केलाले घाम छेक्दैन ॐ pic.twitter.com/1PTmpc6gHK
— rabin chamling (@ChamlingRabin) June 18, 2021
यता नेता-कार्यकर्ताको विरोध र असन्तुष्टिमाझ अध्यक्ष थापाले एक महिला अधिकारकर्मीको ट्वीटलाई आधार बनाएर आफ्नो प्रतिक्रिया जनाएका छन् । त्यसमा उनले 'बरु एक्लै हिँड्ने, नकारात्मक सोच भएकाहरूसँग टाढै बस्छु' भनेका छन् । थापाको बरु एक्लै हिड्ने प्रतिक्रियाले राप्रपाका शीर्ष नेताहरूलाई झस्काएको छ ।
निकै घत लाग्यो।
— Kamal Thapa (@KTnepal) June 19, 2021
लोभीपापी र अवसरवादीरूलाई बोकेर हिँडदा संतोष नहुने र गन्तव्यमा पनि नपुगिने रहेछ।
विगतमा धेरै गल्ती गरियो।अब मसंग गल्ती गरेर सच्याउने समय छैन। त्यसैले,अब मेरो पछि कति छन् भनेर हेर्दिन।बरु एक्लै हिड्छु,नकारात्मक सोच भएकाहरुसंग टाढै बस्छु
No compromise with 'viruses' https://t.co/GE8VFHAr4f
थापाको 'कठोर' ट्वीटलगत्तै नेता बुद्धिमान तामाङ आवेशमा नआउन नेतालाई आग्रह गर्दै कार्यकर्तालाई पनि शालीन र धैर्य हुन अपिल गरेका छन् ।
को को छन् विशेष र निर्देशन समितिमा ?