कांग्रेस केन्द्रीय कमिटी बैठकले १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेकाे हाे ।
कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका/नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन भाद्र १ र २ गरिने निर्णय गरिएको छ ।